अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गले तीर्थयात्राको लागि नाम दर्ता गराउन अनुरोध गरेको छ ।
वडा कार्यालयले आज एक सूचना जारी गर्दै ६८ वर्ष पुरा भएका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक तीर्थयात्रामा लैजाने जानकारी गराएको हो । उक्त कार्यक्रम अनुसार यही मंसिर २५ गते बालाचतुर्दशीको अवसरमा प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी प्यूठान २ दिने तीर्थयात्रा लगिने वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
तीर्थयात्रामा सामेल हुन ६८ वर्ष उमेर पुगेका इच्छुक पाणिनी ६, धातिवाङ्गका स्थायी बसोवास गर्ने स्थानीयलाई ७ दिनभित्र नेपाली नागरिकताको फोटोकपी सहित वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध गरिएको छ ।
गत वर्ष वडाले रिडीधाम तीर्थयात्रा गराएकाे थियाे ।