भगवती घिमिरे भुसाल,
सन्धिखर्क । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भुकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।
मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।
मन्दिर समितिका अध्यक्ष र्फशबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो ।
२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख सहयोग गरेको थियो । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।













