back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

भारतका तीन राज्यमा भाजपाको स्पष्ट बहुमत, एक कांग्रेसले जित्यो

spot_img

एजेन्सी । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ।   भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको  बहुमतका लागि ११६ सिट आवश्यक पर्दथ्यो। कंग्रेस आईले ६५ सिट मात्र जितेको छ। दुवै एक सिट अन्य दलले जितेका छन्। ​ राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जित हात पारेको छ। कंग्रेस आईले ६९ सिट हात पारेको छ।

​छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ।​ तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ। अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ।

यी तीन राज्यमा विजयी भएसँगै सत्तारुढ भाजपाले  देशको १२ राज्यहरूमा आफ्नै सरकार बनाउने भएको हो।  राजस्थान र छत्तीसगढमा पराजयपछि दोस्रो ठूलो राजनीतिक दल कांग्रेसको हातमा तीन राज्य मात्रै रहनेछ।

यस हिसाबले दिल्ली र पञ्जाबमा सरकार चलाउने आम आदमी पार्टी तेस्रो शक्ति बनेको छ।  सत्तारुढ भारतीय जनता पार्टी हाल उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश र मध्य प्रदेशमा सत्तामा छ।

अब मध्यप्रदेशमा भाजपा सत्तामा रहने र राजस्थान र छत्तीसगढलाई कांग्रेसबाट खोसेको छ।  यी १२ राज्यहरू बाहेक  महाराष्ट्र, मेघालय, नागाल्याण्ड, सिक्किम र पुडुचेरीमा गठठबन्धनको सरकारछ। अर्कोतर्फ हिमाचल प्रदेश र कर्नाटकमा मात्रै कांग्रेस सत्तामा छ।

भारतमा हाल ६ वटा राष्ट्रिय पार्टी छन् । भाजपा, कांग्रेस, बसपा, सीपीएम, नेशनल पिपुल्स पार्टी र आम आदमी पार्टी हुन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?