सोमालियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुग्यो

एजेन्सी । सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, ‘हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।’

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ ।

चार दशकयताकै सबैभन्दा लामो खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएकोे छ भने खडेरीले देशलाई अनिकालको संघारमा पु¥याएको छ ।

ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटना रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगको बारेमा चिन्ता बढ्दै गएको छ ।

‘यो प्रकोपले सीमित स्वास्थ्य सेवा सुविधा भएका समुदायका लागि ठूलो खतरा निम्त्याउनेछ’,उनले भने।

मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो ।

मध्य शाबेल, लोअर जुबा र बानादिरको तटीय क्षेत्रमा डिसेम्बर ५ सम्म हल्का वर्षाको सम्भावना रहेको र बाँकी देश तथा इथियोपियाली उच्च भूभागमा सुख्खा मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि शाबेल नदीबेसिनमा पानीको सतह उच्च रहेको र धेरै क्षेत्रमा बाढी आएको बताइएको छ ।

हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे शहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?