back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

म्याग्दी जीप दुर्घटनामा चालकसहित पाँच घाइते

spot_img

म्याग्दी । म्याग्दीमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

जिल्लाको मङ्गला गाउँपालिकाको ३ बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्बरको बोलेरो जीप सोमबार (आज) दिउँसो बेनी नगरपालिका ६ को डम्मरामा दुर्घटना भएको हो।

दुर्घटनामा परी मङ्गला गाउँपालिका–३ बरंजाकी २४ वर्षीया इन्दु तुलाचन, ४६ वर्षीय कर्णबहादुर रोका, शेरबहादुर दमाई, मङ्गला गाउँपालिका–४ की ६० वर्षीया मनकुमारी रोका र बेनी नगरपालिका–७ का ५२ वर्षीय प्रकाश बानिया घाइते भएका बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिए।

गाडी दुर्घटना भएको जानकारी पाउनासाथ स्थानीय तथा सुरक्षा निकायको सक्रियतामा उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताए।

उनले भने, “गाडी दुर्घटना भएको स्थल र गाडी पुगेको ठाउँ हेर्दा निकै भयावह दुर्घटना भएको भए पनि क्षति धेरै भएको छैन।”

गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यकिन कारण खुल्न भने नसकेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका इन्चार्ज राजेन्द्र पौडेलले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?