युक्रेनसँगको लडाइँमा रुसी सेनामा गएका ६ नेपाली मारिए

एजेन्सी। रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा-१, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚पुतलीबजार-५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग-६, दोलखाका राजकुमार रोका र इलाम-५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ।

सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?