कित्ताकाट गर्न नपाइने गरी लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा

बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङ क्षेत्रको जग्गा कित्ताकाट नगरी बिक्री वितरण गर्न पाउने गरी फुकुवा गरिएको छ ।  मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो ।

यो लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते नै गरेको थियो तर आज (बिहीबार) देखि याे निर्णय कार्यान्वयन हुने भएको छ । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिदबिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालयले जनाएकाे छ ।

प्रदेशको राजधानीको तोकिएपछि २०७७ असोज १६ गते राप्ती गाउँपालिकाको पूरै वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो ।

जग्गा फुकुवा नहुँदा जनजीवन प्रभावित भएको, आर्थिक कारोबार र लगानी ठप्प भएको, घरायसी दैनिक कामकाज रोकिएको भन्दै आन्दोलनसमेत भएको थियो । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?