नेपालले आज पाकिस्तानसँग भिड्दै

काठमाडौं । यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ।

नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्। समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

जापान र युएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप अघिका अन्तिम तयारी हो।

यू–१९ विश्वकपमा नेपालको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। विश्वकप अघि एसिया कप नेपालको तयारीको सबैभन्दा राम्रो अवसर, स्तर पनि मापन र कमजोरी पत्ता लगाउने प्रतियोगिता मानिएको छ। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।

गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया र एक महिना अघि एसिसी प्रिमियर कपको उपाधि जितेको थियो। तर सबै एसोसिएट टोली थिए।  यस पटक सेमिफाइनल खेल्न दुई खेल जित्नुपर्ने हुन्छ।  नेपालले एसियाका सर्वाधिक बलिया टोलीलाई नेपालले हराउनु पर्छ।

नेपाली युवा टोलीले पछिल्लो समय सानदार प्रदर्शन गरेको छ। त्यसमा सिनियर टोलीका अलराउन्डर गुलशन झाको आगमनले टोली सन्तुलन र मजबुत झनै बढाएको छ। त्यसैको कारण युवा टोली इतिहास रच्ने सोचका साथ यूएई पुगेकोछ। नेपाल हालसम्म एसिया कपमा फाइनलमा पुग्न सकेको छैन। यस पटक सेमिफाइनलमा पुग्न सके त्यो सम्भावना धेरै हुनेछ।

नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई हराएको थियो। त्यसपछि नेपालले उमेर समूहमा कुनैपनि टेस्ट टोलीलाई हराएको छैन।

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताएका छन्। नेपालका कप्तान देव खनालले राम्रो खेलेर फर्किने बताएका छन्।

नेपालले आइतबार अफगानिस्तानसँग खेल्नेछ भने आगामी मंगलबार भारतको सामना गर्नेछ। मंसिर २९ गते सेमिफाइनलका दुबै खेल हुनेछन्। समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ। समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ। पुस १ गते फाइनल खेल हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?