नेपालकाे पाकिस्तानसामु १५३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ।

युएईको दुबईमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ४७ दशमलब २ ओभरमा १ सय ५२ रनमा अलआउट हुन पुग्यो।

नेपालका लागि उत्तम रंगु थापा मगरले ५१ रनको अर्धशतकीय पारी खेले। दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउँदा अरु खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए भने राष्ट्रिय टिमका सशक्त खेलाडी गुल्सन झाले एक रन मात्र बनाउन सके। तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६, आकाश चन्दले ५ रन बनाउँदा सुवास भण्डारी ८ रनमा अविजित रहे।

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन् । समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ ।

सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन् । यो प्रतियोगिता जापान र युएई बाहेक अन्य टोलीका लागि आगामी जनवरी १३ देखि फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपको तयारी हो ।

यू–१९ विश्वकपमा नेपाल रहेको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ । तर पाकिस्तानको हेड टू हेडमा भने नेपालले पछिल्ला ५ मध्ये एक खेलमा मात्रै जित निकालेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?