१९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाण्डौ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका आजन आविस ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५० रनमा आउट भए । मोहम्मद जिशान २० रनमा अविजित रहे । नेपालका गुलशन झाले २ र आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाउँदा अलआउट भयो । नेपालका विकेटकिपर उत्तम थापा मगरले अर्धशतक बनाए । उनी ७६ बलमा ५१ रन बनाएर आउट भए ।

त्यस्तै दिपेश कंडेल ३१ र अर्जुन कुमाल २१ रनमा आउट भए । सुवास भण्डारी ८ रनमा अविजित रहे । विपिन रावल ७ रनमा, आकाश त्रिपाठी ६ रनमा, आकाश चन्द ५ रनमा, गुलशन झा र विशाल विक्रम केसी समान एक रनमा तथा कप्तान देव खनाल १३ बलमा शून्य रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिए । अमिर हसनले दुई विकेट लिए । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले दोस्रो खेल पर्सी आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?