पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन्। यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ।

७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गरेका छन्। उनले अहिलेसम्म चार राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीसमेत बनेका छन्।

पुटिनले यो घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन्। ‘म यसलाई लुकाउँदिन, विभिन्न समयमा मेरो मनमा फरक फरक विचार थिए तर यो निर्णय लिनुपर्ने समय हो’, कार्यक्रममा उहाँले भन्नुभयो, ‘म रुसी संघको राष्ट्रपति पदका लागि निर्वाचन लड्नेछु।’

उनले एक रुसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहेका थिए। जोगाले उनलाई निर्वाचनमा लड्न आग्रह गरेका थिए। ‘तपाईँको काम र निर्णयका कारण हामीलाई स्वतन्त्रता प्राप्त भएको छ’, जोगाले भने, ‘हामीलाई तपाईँको आवश्यकता छ, रुसलाई तपाईँको आवश्यकता छ।’

विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उहाँले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नेछन्।

सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नेछन्। अधिकार समूहहरूले अघिल्ला निर्वाचनमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन्।

राष्ट्रपति पुटिनले नोभेम्बरमा सन् २०२४ को निर्वाचन कभर गर्नका लागि मिडिया नियमहरूलाई कडा बनाएका छन् र केही स्वतन्त्र मिडिया आउटलेटलाई मतदान केन्द्रसम्मको पहुँचमा प्रतिबन्ध लगाएका छन्।

निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?