अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लि. खाचिकोटको १९ औ साधारण सभा सम्पन्न भएको छ ।
फुद्वाङ्ग स्थित फुलबारी बगैचामा सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष चन्द्रावती पोख्रेलले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन र लेखा समिती संयोजक गोपाल प्रसाद भुसालले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन सहितका प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभामा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेस्ठले सहकारिले देश बिकासमा उल्लेखनिय टेवा पुर्याएको भन्दै सहकारिहरुलाइ थप पारदर्शी र साना किसानको हितमा अझै उत्कृष्ट काम गर्न सुझाव दिए । यस्तै साधारणसभा सफलताको शुभकामना दिदै जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कंडेलले सहकारिहरुमा जम्मा भएको रकम कृषि उत्पादन बजारीकरण र उत्पादनमा जोड्न सहयोग गर्न स्थानिय तहलाइ अनुरोध गरेका छन ।
सन्धिखर्क २ का वार्ड अध्यक्ष मोतिजंग रायमाझिले सभाको सफलताको सुभकामना दिदै अझै राम्रा काम गर्दै थप पारदर्शी र उत्पादनमा जोडिने गर्न सुझाव दिए । यस्तै सन्धिखर्क नगरपालिका ७ का वार्ड अध्यक्ष चुरा बहादुर केसीले सहकारी मार्फत उत्पादनमा जोडिन सबैलाइ अपिल गरेका छन । सहकारिका ऋण लगानी , बचत लागायतका अन्य सेवा सुबिधा हरु सबैले बुझिने गरि सहजीकरण गर्न पनि उनको अनुरोध छ । अनुगमन भ्रमणका नाममा फजुल खर्च बढेको भन्दै केसिले सरर घुमेर आउने भन्दा केही सिक्ने गरि भ्रमणका कार्यक्रम ल्याउन पनि सहकारिलाइ सुझाव दिएका छन ।
किसान हरुले सधै रासायनिक मल अभावको समस्या झेल्ने गरेकोले सहकारिले त्यसमा ध्यान बढाउन आवस्यक रहेको पनि अध्यक्ष केसिले औल्याएका छन ।
१५ सय बढी शेयर सदस्य भएको यो सस्थाले यो आर्थिक बर्ष भित्र उक्त संख्या १८ सय पुराउने लक्ष्य राखेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ सुलभ कर्जा सुबिधा सहित उन्नत बीउ बिजन , रासायनिक मल बिक्री बितरण , पशुधन सुरक्षण बिमा योजना , नया नोट सटही , कृषि प्रशिक्षार्थी तालिम शेयर सदस्य सहित स्थानियहरुलाइ निशुल्क भित्ते पात्रो लगायतका सुबिधा दिदै आएको छ ।
साधारणसभाको अवसर पारेर संस्थाले उत्कृष्ट १२ जना कृषकहरु सहित ज्येष्ठ नागरिकलाई सम्मान पनि गरेको थियो ।साथै कर्जा बिमा सुरक्षण कार्यक्रम अन्तर्गत मृतकका परिवारलाइ बिमा रकम भुक्तानी पनि गरेको थियो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृश्न प्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेको १९औं बार्षिक साधारण सभामा मेयर श्रेष्ठ सहित जिल्ला समन्वय समिति सदस्य लक्षमण कंडेल , सन्धिखर्क २ का वार्ड अध्यक्ष मोतिजङ्ग रायमाझी ,सन्धिखर्क ७ का वार्ड अध्यक्ष चुरा बहादुर के सि सहित वार्ड सदस्य हरु , कृषि बिकास बैंक अर्घाखाँचीका प्रवन्धक दुर्गा प्रसाद खनाल जिल्ला सहककारि संघ र जिल्ला कृषी सहकारी संघका प्रतिनिधि , साना किसान नरपानी , खिल्जि र ढिकुराका प्रतिनिधि संस्थाका संस्थापक अध्यक्ष ढुन्डिराज ज्ञवाली , पत्रकार केशवराज ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
साधारणसभा कार्यक्रम साना किसान कृषि सहकारी संस्था खांचिकोटका प्रवन्धक बिश्नु मरासिनिको संचालन र सस्थाका अध्यक्ष चन्द्रावती पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।












