स्वर्गद्वारीबाट जेष्ठ नागरिकको एउटै स्वर : “धन्यवाद, वडा अध्यक्ष कृष्ण पौडेल”

“यो भाग्यले आउन पाइने थलो हो, वडाध्यक्षको कारण सम्भव भयो । वडाध्यक्षलाई धन्यवाद ।” यो भनाई पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङबाट तिर्थयात्रा गर्न प्युठानको स्वर्गद्वारी पुगेका भिमलाल पौडेलको हो । भिमलाल पौडेल जस्तै पाणिनि गाउँपालिका वडा नम्बर ६ का ४५ जना वृद्धबृद्धा स्वर्गद्वारी पुगेका थिए ।

पाणिनी गाउँपलिका वडा नम्बर ६ ले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट अनुसार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ४५ जना जेष्ठ नागरिकहरुलाई नेपालका सातधाममध्येको एक धाम स्वर्गद्वारी तिर्थयात्रामा लगेको थियो । सो यात्रामा सहभागी जेष्ठ नागरिकहरु पहिलोपटक स्वर्गद्वारी तिर्थयात्रा गर्न पाएकोमा खुसी थिए ।

वडा कार्यालयले वडा भित्रका ६८ वर्षमाथीका इच्छुक जेष्ठ नागरिकलाई तिर्थयात्रा गराएको थियो । वडा कार्यालय कै व्यवस्थापनमा सामुहिक तिर्थयात्रा गर्न पाएकोमा जेष्ठ नागरिकहरु खुसी मात्र थिएनन्, वडा अध्यक्षको खुलेरै प्रशंसा गर्दै यो कार्यक्रमको निरन्तरताको माग समेत गरे । उनिहरुले भने, “तिर्थयात्रा गर्नु भन्दा यात्रा गराउनु अज पबित्र र पुन्यको काम हो, अझै यस्तै राम्रो काम गर्दै जानू ।”

गत वर्ष पनि तिर्थयात्राको लागि पबित्र तिर्थस्थल रिडिधाम लगेको स्मरण गर्दै वडा अध्यक्ष कृष्ण पौडेलले जेष्ठ नागरिकको चाहाना र आफ्नो घोषणापत्र अनुसार नै यो कार्य गरेको बताए । उनले भने, ” सम्मानका फरक फरक शैली हुन्छन्, अन्य वडाहरुले दोसल्ला ओडाएर, हर्लिक्स तथा विभिन्न भौतिक सामाग्री दिएर सम्मान गरेका हुन्छन तर हामिले तिर्थयात्रा गराउने निर्णय गर्‍यौं । यस कार्यमा जेष्ठ नागरिक एक्दमै खुसी हुनुहुन्छ ।”

जेष्ठ नागरिक सहितको यात्रामा जेष्ठ नागरिकको स्वाथ्यमा हुनसक्ने सम्भावित समस्याको मध्यनजर गर्दै धातिवाङ स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेल सहितको टोलि पनि सहभागी रहेको थियो ।

विक्रम सम्बत १९५२ मा महाप्रभुले महायज्ञ गरेर स्थापना भएको यस मन्दिरमा पवित्र मनले दर्शन गरे मात्र पनि स्वर्ग पुगिने धार्मिक मान्यता रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?