छत्रदेव गाउँपालिका ६ मा एकीकृत घुम्ती शिविर सञ्चालन,  १२५ जनाबढीले लिए सेवा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ मा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न गरिएको छ । छत्रदेव गाउँपालिकाको आयोजनामा सोमबार वडा नं. ६ को कार्यालय ठुलापोखरामा एकीकृत घुम्ती शिविर कार्यक्रम गरिएको हो ।

वडाबासीलाई कृषि तथा पशु सेवा, राजश्व संकलन, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण सेवा र परामर्श सेवा लगायतका सेवाहरु प्रदान गर्न शिविर सञ्चालन गरिएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

एकीकृत घुम्ती शिविरमार्फत ठुलापोखराका १२५ जना बढी सेवा लिएको वडाध्यक्ष पौडेलले बताए । उनले गाउँपालिकाबाट हुने कामहरु वडाबाट नै सञ्चालन गर्दा स्थानीयहरुले सहज महशुस गरेको जिकिर गरे ।

छत्रदेव गाउँपालिकाले छत्रदेवका ८ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?