छत्रदेव गाउँपालिका ६ मा एकीकृत घुम्ती शिविर सञ्चालन,  १२५ जनाबढीले लिए सेवा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ मा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न गरिएको छ । छत्रदेव गाउँपालिकाको आयोजनामा सोमबार वडा नं. ६ को कार्यालय ठुलापोखरामा एकीकृत घुम्ती शिविर कार्यक्रम गरिएको हो ।

वडाबासीलाई कृषि तथा पशु सेवा, राजश्व संकलन, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण सेवा र परामर्श सेवा लगायतका सेवाहरु प्रदान गर्न शिविर सञ्चालन गरिएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

एकीकृत घुम्ती शिविरमार्फत ठुलापोखराका १२५ जना बढी सेवा लिएको वडाध्यक्ष पौडेलले बताए । उनले गाउँपालिकाबाट हुने कामहरु वडाबाट नै सञ्चालन गर्दा स्थानीयहरुले सहज महशुस गरेको जिकिर गरे ।

छत्रदेव गाउँपालिकाले छत्रदेवका ८ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

spot_img
[reaction_buttons_post]
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?