सुनवल । पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिको आयोजनामा सम्पन्न प्रतियोगिता बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ । क्यारोगी र पुम्से गरि दुई विधाको प्रतियोगितामा बुटवलले १४ स्वर्ण, २ रजत १ काश्य पदक सहित प्रथम भएको हो ।
त्यसैगरी तिलोत्तमा डोजाङ्गले ७ स्वर्ण ६ रजत र ३ काश्य गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी ६ स्वर्ण ३ रजत र १५ काश्य गरि हाइकिकर डोजाङ्ग परासीले तेस्रो स्थान हासिल गरेको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ रामनगर डोजाङ्का अकित सहानी प्रतियोगिताको वेस्ट क्यारोगी घोषित भएका थिए भने महिलातर्फ वेस्ट क्यारोगी बुटवल डोजाङकी खेलाडी अनुश्का तामाङ घोषित भएकी छिन ।
प्रतियोगिताका विभिन्न उमेर समुहका प्रथम दोश्रो र तेश्रो विजेता खेलाडीले मेडल र प्रमाणपत्र पाएका छन् । लुम्बिनी प्रदेश भित्रका ८ जिल्लाका विभिन्न २१ डोजाङ्को सहभागिता रहेको प्रतियोगितामा १२ वर्ष माथिका उमेरका समुहका पुरुष तथा महिला गरि २ सय ८५ खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रदेश सांसद खड्ग बस्नेतको पहल र प्रदेश सरकारको सहयोगमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना गरेको उक्त प्रतियोगिता तिन दिनसम्म भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सञ्चालन गरिएको भएको थियो।












