रुसी विपक्षी नेता नभाल्नीलाई तत्काल रिहा गर्न ईयूको आग्रह

एजेन्सी । युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ। ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले ​नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन्।

‘सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक छ’, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्,‘रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेवार छ, यसका लागि उनीहरूलाई जवाफदेही बनाइने छ।’

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडी लगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहेका छन्।

उनका सहयोगीले नभाल्नी बेपत्ता हुनुलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपति कालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन्।

अमेरिकाले नभाल्नीसम्म पुग्न वा उनको अवस्था थाहा पाउन सहयोगी टिमको असमर्थताप्रति ‘गहिरो चिन्ता’ रहेको भन्दै ‘हस्तक्षेप’ शब्द प्रयोग गरेकामा क्रेमलिनले मंगलबार वासिङ्टनको आलोचना गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?