लुम्बिनीमा महिला कर्मचारीलाई ‘महिनावारी’ बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ ।

निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा निजामती कर्मचारीले पाउने विदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ।

कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनी महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुती बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ। बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ।

प्रदेशसभामा असार २२ गते बिधेयक दर्ता भएको थियो। सरकारले दर्ता गरेको बिधेयक माथी निरन्तर छलफल भएको थियो। भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा बिधेयक पारित गरेको थियो। यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणिकरण गर्नुभएको थियो। प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशित गर्न बाँकी छ।

राजपत्रमा प्रकाशित भएपछि सबै कर्मचारीलाई जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। यो विदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन्।

अहिले प्रदेशमा दुई हजार ६ सय कर्मचारी छन्। जसमध्ये पाँच सय ५० महिला कर्मचारी छन्। स्थानीय तहमा लागू हुनको लागि भने स्थानीय तह सेवा ऐन बन्नुपर्ने छ। यो ऐन बनाउन प्रदेश सरकारले विधेयकको प्रस्तावना बनाउने तयारीमा छ।

लैंगिकताको दृष्टिकोणले महिनावारी विदालाई ऐनमा समावेश गर्न सफल भएको र अब यसलाई कार्यान्वयनमा लगिनुपर्ने प्रदेश सभा सदस्य निमा गिरीले बताइन्।  महिनावारी भएको समयमा एक दिन महिलाले बिदा पाउने व्यवस्था गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?