सुन तस्करी आरोपमा त्रिभुवन विमानस्थलका ३ कार्यालय सहयोगी पक्राउ

काठमाडौँ । सुन तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म तीन जना कार्यालय सहयोगी पक्राउ परेका छन् । बुधबार साँझ कार्यालय सहयोगी सुशीला पाण्डे पक्राउ परेकी थिइन् । त्यसअघि अन्य दुईजना कार्यालय सहयोग पनि पक्राउ परेका थिए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार पहिले नै दुई जना पक्राउ परेका थिए । त्यसकै आधारमा बुधबार थप एक जनालाई पनि नियन्त्रणमा लिइएको हो ।

विदेशबाट आएका यात्रुले तस्करीको सुन व्यवस्थापनका लागि विमानस्थलका कर्मचारी मार्फत् गन्तव्यसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसकै आधारमा विमानस्थलको आगमन कक्षमा खटिएका कर्मचारीहरुमाथि निगरानी गरिएको हो ।

मंसिर २१ गते १४ किलो सुन बोकेर दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेले सुन फोहोर फाल्ने भाँडोमा राख्ने र त्यो सुन कार्यालय सहयोगी मार्फत् बाहिर लैजाने योजना रहेको खुलेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?