लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वाड नम्वर १० को युवा लक्षित कार्यक्रम अन्तर्गत लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानुन व्यबसायि विजय भुसालले लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिषयमा सचेतना प्रदान गरेका थिए । लागुपदार्थ सेवन गरि समाजमा बिकृति फैलाउने र निरन्तर प्रयोग पछि मानसिक रूपमा बिकृत भइ आत्महत्याको बाटो सम्म पुग्ने अबस्था सिर्जना हुने बिषयमा अधिबक्ता भुसालले जानकारि गराएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्यले युवा उमेरले मात्र नभइ सोच र बिचारमा पनि नयापन र अग्रगामी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार प्रेमनारायण आचार्य, नेत्र मरासिनीले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष मोहनसिह ठकुरिको अध्यक्षता,पशु प्राबिधिक प्रदीप आचार्यको स्वागत मन्तव्य र सचिव बिष्णु आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?