संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

उनले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए। उनले संसद्को सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिलाई आफूले गम्भीरताका साथ लिएको बताए। उनले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरेअनुरूपको काम गर्नुपर्ने बताए।

उनले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए। उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंगित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे।

सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?