रुपन्देहीमा निजी क्षेत्रको लगानीमा बनिरहेकाे क्रिकेट रङ्गशाला फागुनदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आउँदो फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला फागुन १ गतेदेखि प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । यो रङ्गशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ ।

आज बिहीवार भएको पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेदेखि प्रतियोगिताका लागि योग्य हुने बताए।

रङ्गशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माणको काम आउँदो माघदेखि शुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमको काम आउँदो वैशाखसम्म सकिसक्ने उनले बताए । रङ्गशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने ठाउँ बनाइने उनको भनाइ छ । आउँदो दशैँसम्ममा रङ्गशाको सबै काम पूरा हुने उनले प्रतिबद्धता जनाए ।

रङ्गशाला आउँदो वैशाख सम्ममा निर्माण सक्ने लक्ष्य राखिएको थियो । क्रिकेट रङ्गशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?