back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

संघीय सरकारलाई समेत उत्प्रेरणा दिने गरेर बालेनले काम गरिरहेका छन् : प्रधानमन्त्री

spot_img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन्। शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन्।

उनले पछिल्लो समय महानगरपालिकाले उदाहरणीय काम गर्दै आएको बताए। उनले भने,‘पछिल्लो समय महानगरले गरेका प्रशंसनीय काम गम्भीर रुपमा नियलिरहेको छु, शिक्षाको विकास, संरचना निर्माण,कला, संस्कृतिको काम, सुर्तीजन्य पदार्थको नियमन,छात्रवृत्तिको पहल गरेको छ,यसबाट संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरण प्राप्त भएको छ,बालेन्द्रलाई बधाई छ,शुभकामना पनि छ।’

उनले काठमाडौं महानगरजस्तै अन्य स्थानीय तहहरूले पनि काम गर्न निर्देशन दिए। ‘यसका लागि म साथ सहयोग गर्न,निर्णय गर्नेमा सधैं सहयोग गर्न तत्पर छु,’उनले भने।

महानगरपालिकाले यतिखेर टुँडिखेलको सैनिक मञ्चमा भव्य रुपमा २९ औँ महानगर दिवस मनाइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?