चौथो पटक सर्‍यो कांग्रेसको महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक चौथो पटक सरेको छ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चौथो पटक महासमिति बैठक सारेको हो। महासमिति बैठक फागुन ७ देखि १० गतेलाई सारिएको छ।

यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो तर सभापति शेरबहादुर देउवाले पुसमा जाडो धेरै हुने र माघमा हुने राष्ट्रियसभाको निर्वाचनलाई देखाउँदै महासमिति बैठक सार्न गरेको प्रस्ताव पारित भएसँगै चौथो पटक बैठक सरेको छ।

महासमिति बैठकअघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ। शुक्रवारको बैठकले राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेदवारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?