शान्ति समाजको निष्कर्ष : भ्रष्टाचार, कुशासन र दण्डहीनताले नागरिक आक्रोशित 

अर्घाखाँची । मानव अधिकार तथा शान्ति समाजले देशमा व्याप्त भ्रष्टाचार र कुशासनले नागरिक आक्रोशित भएको बताएको छ ।

विश्व मानव अधिकार दिवस डिसेम्बर १० को दिन बाट मानवाधिकार सप्ताह मनाउँदै लोकतन्त्रको प्राण सुशासन र सद्भाव विषयक नागरिक संवाद सुरु गरेको समाजले आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो ।

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले आज सन्धिखर्कमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै वक्ताहरूले लोकतन्त्रसंग जीवनयापनका कुरा पनि जोड्नुपर्नेमा जोड दिएका हुन । लोकतन्त्र र मानवअधिकारका नाममा राजनीतिक व्याख्या मात्र बढी गर्ने गरिएको भन्दै सरोकारवालाहरूले अब मानव जीवनका सबै पाटाहरूलाई हेर्नुपर्ने सुझाव पनि दिए ।

नागरिक संवाद कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले वर्तमान अवस्थामा राजनीतिक दलहरूको अकर्मण्यताले लोकतन्त्रमाथि आक्रमण बढ्दै गएको भन्दै तत्काल दलहरूलाई सच्चिएर जान सुझाव दिए । देशमा मानव अधिकार र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दलहरूको नै भएको भन्दै उनले दलहरू तत्काल सच्चिनुको विकल्प नभएको जिकिर गरे ।

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका अध्यक्ष निलकण्ठ भुसालले अध्यक्षता गरेको नागरिक संवादको कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रावलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन सुरज रायमाझीले गरेका थिए ।

spot_img
[reaction_buttons_post]
केशवराज ज्ञवाली
लेखकको बारेमा

केशवराज ज्ञवाली

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका ज्ञवाली समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?