महेश भुसाल, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नं. ३ खनदह अर्घाखाँचीमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा कार्यालयले ‘वित्तिय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कालिका ने.रा. माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
कार्यक्रमको सहजिकरण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक मालारानी शाखा प्रमुख मनिष आचार्यले गरेका थिए। कार्यक्रमको सहजिकरण गर्दै प्रमुख आचार्यले बचत, बचत परिचालन र लगानी, विभिन्न कर्जा, डिजिटल बैंकिङ्ग र यसबाट हुने संभावित जोखिम न्यूनिकरणका उपायहरुको चर्चा गर्नुको साथै नेपालमा भएका बैंक तथा वित्तिय संस्थाको वर्गीकरण र यिनका कार्यहरु जस्ता महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमता अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा कालिका ने.रा. मा बि का प्र.अ. भुवन खनालले विद्यार्थीहरुले वित्तिय साक्षरता सम्बन्धी ज्ञान प्राप्त गर्न पाउँदा थप शिक्षाका गतिबिधि साथै विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर कहिलेकाही व्यवहारीक सिकाईका कार्यक्रमले थप ज्ञान प्राप्त हुने बताएका छन् ।
कार्यक्रममा शिक्षक माधब भुसाल र बसन्त चौहानले कार्यक्रम ब्यबस्थापन र बिशेष धन्यवाद ब्यक्त गरेका थिए। मालारानी स्थित खनदहमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गुणस्तरीय बैङ्किङ मार्फत आफ्ना ग्राहक लाई सुबिधा दिईरहेको छ ।