राष्ट्रिय सभामा मुस्लिम समुदायलाई प्रतिनिधित्व गराउन देउवासँग अबुल हुसेनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले राष्ट्रिय सभाको निर्वाचनका क्रममा अल्पसंख्यक मुस्लिम समुदायलाई समेट्न पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन । धुम्बाराहीस्थित निवासमा सभापति देउवासँग भेट गरेर डा.अन्सारीले मुस्लिम समुदायलाई राष्ट्रिय सभामा टिकट दिएर स्थान दिन माग गरेका हुन ।

डा.अन्सारीले अवसर पाउँदै आएका केही सीमित नेताहरूलाई पुन: टिकट दिएर पार्टीमा योगदान र संघर्ष गरिरहेका मुस्लिम नेताहरूको मानमर्दन नगर्न सुझाव दिएका छन । उनले भने, ‘सभापतिज्यू तपाई हाम्रो अभिभावक हो । मुस्लिम समुदायमा धेरै नेताहरू छन । राम्रो र उपयुक्त नेतालाई अवसर दिनु होला भनेर अनुरोध गरेको छु ।’ डा.अन्सारीले भने, ‘कांग्रेसका केही मुस्मिल नेताहरूले आरक्षण र समानुपातिकमा धेरै अवसर पाएका छन । उनीहरू पुन: राष्ट्रिय सभामा पनि टिकटका लागि दौडधुप र चाडकी गरिरहेका छन । सभापतिले त्यस्ता नेताहरूलाई समयमा चिन्नुपर्छ ।’

समानुपातिक, प्रत्यक्ष टिकट पाएका तथा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई पुन: दोहोर्‍याउनु हुँदैन भनेर सभापति देउवासँग आग्रह गरेको डा.अन्सारीले बताए ।

कांग्रेसमा मुस्लिम समुदायको नामबाट सबैभन्दा धेरै अवसर लिने नेताहरूमा फर्मुल्लाह मन्सुर, अब्दुल सतार लगायतका नेताहरू पर्छन् । उनीहरूभन्दा निकै सक्षम र योगदान दिएका मुस्मिल नेताहरू कांग्रेसमा प्रसस्त रहेको भन्दै डा.अन्सारीले सभापति देउवाले राष्ट्रिय सभाको टिकट वितरणमा अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

यसअघिको राष्ट्रिय सभाको निर्वाचनका बेला कांग्रेसको तर्फबाट एक जना पनि मुस्लिम समुदायको नेताले टिकट पाएका थिएनन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?