एनएसएलमा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।

जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ। साविक विजेता काठमाडौं पाँच खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ।

धनगढी काठमाडौंसँग पहिलो सिजनको उपाधि भिडन्तमा हारेको बदला लिन र शीर्ष स्थानको अंक दूरी बढाउने लक्ष्यसहित मैदान उत्रिँदैछ। काठमाडौं रेजर्स धनगढीलाई पराजित गर्दै अंक बराबरी गर्ने लक्ष्यमा छ।

हाल ६ खेलबाट ११ अंकसहित पोखरा थण्डर्स दोस्रो र समान ६ खेलबाट १० अंकसहित ललितपुर एफसी तेस्रो स्थानमा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?