साबित्रा पौडेल,
गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेका पाच वर्षीय बालक घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा पाच वर्षीय दृष्टिविहीन बालक ईश्वर खत्री गत मंसिर २२ गते बिहान आफ्नै घरबाट खेलिरहेको समयमा अचानक हराएका थिए ।
खोजी गर्ने क्रममा उनी घर नजिकैको गगनगैरा भन्ने जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत फेला परेको थाहा पाइसकेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको छ। यसअघि केही दिन पहिले घर नजिकै उनको चप्पल फेला परेको परिवारले जनाएको छ।













