कपिलवस्तु । १० महिने बसाइपछि सुर्खेत सरुवा भई जान लागेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ ।
कपिलवस्तु नगरपालिका स्थित मेयर कक्षमा फेरी भेटौला कार्यक्रम अन्तर्गत कपिलवस्तु मेयर्स क्लबले बिदाई गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, क्लबका अध्यक्ष तथा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, बाणगङ्गा नगरपालिकाका मेयर चक्र अर्याल, शुद्धोदन गाउपालिका मेयर कमलेशरण चौधरी सहितको टोलीले प्रजिअ आचार्यलाई बिदाई गरेका हुन । आचार्यलाई उनीहरूले खादा र टीका लगाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

आचार्य सुर्खेत सरुवा भएपछि यहाँ नवलपरासी पश्चिमबाट प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल आउने भएका छन ।












