उडिरहेको जहाजको शौचालयभित्र शिशु जन्माएर छाड्ने महिला पक्राउ

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

युएईबाट काठमाडौँ अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र शिशु मृत फेला परेपछि अनुसन्धान गर्ने क्रममा कुवेतबाट युएई हुँदै नेपाल आएकी ती महिलाले शौचालयमा बच्चा जन्माएर छाडेको पाइएको हो ।

मृत शिशु शौचालयको कमोडभित्र फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । यसरी बच्चा जन्माएर छाड्ने कुवेतबाट आएकी २८ वर्षीया नेपाली महिला हुन् । उनी कामदारका रुपमा कुवेत गएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

युएईको सारजहाँ विमानस्थलबाट हिँडेको एयर अरेबियाको विमान आज विहान ९:५ बजेको समयमा काठमाडौँमा अवतरण गरेको थियो । जहाज सरसफाइ गर्ने क्रममा शौचायलमा मृत शिशु फेला परेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पदमराज विष्टले विमानस्थलबाट लगेज लिएर कष्टममा पुगिसकेको अबस्थामा ती महिलालाई नियन्त्रणमा लिइएको बताए ।

उनीमाथि अहिले गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले शिशु भने आफ्नै श्रीमानको भएको दावी गरेकी बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?