back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

वेस्टह्यामलाई हराउँदै लिभरपुल ईएफएलको सेमिफाइनलमा

spot_img

काठमाडौं । वेस्टह्यामविरुद्ध प्रभावशाली जित निकाल्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ।  घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्यामलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्‍यो।

डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। कर्टिस जोन्सले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे। ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो।

७७ औँ मिनेटमा जारोड बोवेनले वेस्टहमका लागि सान्तोना गोल फर्काए। ८२ औं मिनेटमा मोहम्मद सलाह र त्यसको २ मिनेटपछि जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै ५–१ को जित निश्चित गरे।

जोन्सको दोस्रो गोल लिभरपुलले यस प्रतियोगितामा गरेको ५ सयौँ गोल थियो। योसँगै २०२२ को च्याम्पियन लिभरपुल कीर्तिमान विस्तार गर्दै १० औं पटक उपाधि जित्ने लक्ष्यमा छ।

लिभरपुलले सेमिफाइनलमा फुलह्यामको सामना गर्नेछन्। सेमिफाइनलको पहिलो लेग ८ जनवरी र दोस्रो लेग त्यसको दुई हप्ता पछि हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?