पाल्पामा टिपर दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

बुटवल । पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन्।

बिहीबार बेलुकी सबा ८ बजेतिर रिब्दीकोट–२ लघुवामा दुर्घटना हुँदा वडा नम्बर ३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–३, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ५ का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। तानसेनस्थित मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

टिपर चालक घोराही–१६ का अजय चौधरी भने सकुशल रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?