पाणिनि : ३० जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन

अर्घाखाँची । पश्चिम नेपाल विकास ट्रष्टको आयोजना, नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोग र पाणिनि गाउँपालिकाको व्यवस्थापनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका दुर्गाफाँटमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

दुर्गाफाँटमा भएको शिविरमा ४८१ जना सेवाग्राहीले सेवा लिए । जसमा ३० जनाको अप्रेसन भएको नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेले जानकारी दिए । आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको घिमिरेको भनाई छ । 

शिविरको उद्घाटन गर्दै पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाको एक्लै पहलबाट शिविर सञ्चालन हुन नसक्ने भएकाले सहयोगी संस्थाहरूलाई धन्यवाद दिए । भैरहवा, काठमाडौं जस्तै सुविधा सम्पन्न विशेषज्ञ सहित शिविर भएकाले ढुक्क भएर आँखा जाँच गर्न आग्रह गर्दै निशुल्क रुपमा अप्रेसन, डाक्टरको सिफारिस अनुसार चस्मा, औषधी ४८१ जनालाई वितरण गरिएको आयोजक संस्था पश्चिम नेपाल विकास ट्रष्टका सचिव पदम घिमिरेले बताए । 

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, संस्थापक गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, पश्चिम नेपाल विकास ट्रष्टका अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष माधवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

No description available.

May be an image of text

May be an image of 4 people, tree, hospital and text

May be an image of 10 people and temple

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?