back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

पाणिनिमा मानबहादुर बिकको अध्यक्षतामा दलित उत्थान समिति गठन

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पालिका स्तरीय दलित उत्थान समिति गठन गरिएको छ । 

Workplace

पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा बसेको पालिकाका दलित अगुवाहरूको भेलाले पाणिनि ३ खिदिमका मान बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय दलित उत्थान समिति सर्वसम्मत गठन गरेको हो । 

त्यस्तै समितिले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । 

जातीय भेदभाव तथा छुवाछूत जस्ता अमानवीय व्यवहारबाट उत्पीडित दलितवर्गकाे हकहित र उत्थानका कार्य गर्ने तथा चेतनामूलक एवं सशक्तीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष मान बहादुर बिकले समाचारपोष्टलाई जानकारी दिए । उनका अनुसार समितिले दलित समुदायसँग सम्बन्धित गाउँमा सञ्चालित विभिन्न सरकारी, गैरसरकारी र निजी क्षेत्रका कार्यक्रमहरूको सहजीकरण, समन्वय गर्ने, गाउँपालिकाको क्षेत्रमा रहेका सरकारी कार्यालय एवं गैर सरकारी संघ, संस्थासँग समन्वय गरी दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत समग्र विकासका लागि कार्यक्रम सञ्चालन गर्ने, गराउने लगायत दलित समुदायको हक हितको पक्षमा काम गर्नेछ ।

अब छिट्टै विधान तयार पारि संस्थालाई दर्ता गरी काम सुरु गर्ने अध्यक्ष बिकले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?