पाणिनिमा मानबहादुर बिकको अध्यक्षतामा दलित उत्थान समिति गठन

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पालिका स्तरीय दलित उत्थान समिति गठन गरिएको छ । 

पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा बसेको पालिकाका दलित अगुवाहरूको भेलाले पाणिनि ३ खिदिमका मान बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय दलित उत्थान समिति सर्वसम्मत गठन गरेको हो । 

त्यस्तै समितिले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । 

जातीय भेदभाव तथा छुवाछूत जस्ता अमानवीय व्यवहारबाट उत्पीडित दलितवर्गकाे हकहित र उत्थानका कार्य गर्ने तथा चेतनामूलक एवं सशक्तीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष मान बहादुर बिकले समाचारपोष्टलाई जानकारी दिए । उनका अनुसार समितिले दलित समुदायसँग सम्बन्धित गाउँमा सञ्चालित विभिन्न सरकारी, गैरसरकारी र निजी क्षेत्रका कार्यक्रमहरूको सहजीकरण, समन्वय गर्ने, गाउँपालिकाको क्षेत्रमा रहेका सरकारी कार्यालय एवं गैर सरकारी संघ, संस्थासँग समन्वय गरी दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत समग्र विकासका लागि कार्यक्रम सञ्चालन गर्ने, गराउने लगायत दलित समुदायको हक हितको पक्षमा काम गर्नेछ ।

अब छिट्टै विधान तयार पारि संस्थालाई दर्ता गरी काम सुरु गर्ने अध्यक्ष बिकले जानकारी दिए ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?