नेपाल सुपर लिगमा आज लिग चरणका अन्तिम दुई खेल

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ। दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।

आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ। काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ।

१० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ। तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ। यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन्।

शनिबार दुई टोलीको टुंगो लागेसँगै पर्सिदेखि क्वालिफायर खेल शुरु हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?