सिकारी र वन रक्षकबिच गोली हानाहान, सिकारी वन रक्षकको कब्जामा

कपिलवस्तु । चोरी सिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ।

सव वन डिभिजन कार्यालय गोरुसिङ्गेबाट गस्तीमा खटिएको वनको टोलीसँग सिकारीहरूको जम्काभेट भएपछि बिहीबार दिउँसो पूर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा सो झडप भएको डिभिजन वन कार्यालय कपिलवस्तुले जनाएको छ।

गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थिए। सो पश्चात् टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर सिकारी समूहलाई घेरा हाल्ने क्रममा १२र१४ जनाको समूहमा ३र४ वटा बन्दुक सहित रहेका सिकारी टोलीले ६र७ राउण्ड हवाई फायर गरे। त्यसपछि गस्ती टोलीले सिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि सिकारीहरू भागेका थिए।

गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर(७ धैरेनीडाडा बस्ने वर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको छ।

उनलाई आवश्यक कारबाहीका लागी इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाइएको छ। पछिल्लो समय तिलौराकोट साझेदारी वन क्षेत्रमा वन संरक्षण सम्बन्धी कार्य अगाडी बढ्नुका साथै वन डढेलो घट्दा जैविक विविधता बढेको छ।

वनमा जैविक विविधता बढेसँगै सिकारीको जोखिम बढेको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए।

वनमा चितुवा, हरिण, निलगाई बँदेल, वन कुखुरा, मयुर लगायतका वन्य जन्तुको संख्या बढेको छ। पछिल्लो दुई वर्षमा वन क्षेत्रमा सो घटना पहिलो भएको र वन्यजन्तुको सिकार गर्नका लागी सिकारीहरू गएको हुन सक्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। उनले वन क्षेत्रमा निगरानी बढाइने बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?