काठमाडौं । मिडियाले सेट गरिरहेको भाष्य सुखद नभएकोले, मिडियाको सत्यतथ्य सूचना प्रवाहको अभावमा समाजको दिशा अन्यत्र नै मोडिँदै गएको छ ।
मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खरो न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई समाजको दिशा नै परिवर्तन भइरहेको छ । बिहार राज्यको मधेपुरामा भारतीय पत्रकार संघ र द रिपब्लिकन टाइम्सको संयुक्त कार्यक्रमको अवसरमा विशिष्ट अतिथि रहेका नेपालका पूर्व मन्त्री तथा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले बताए । उनले विश्व मिडिया नै अरूको लागि भाष्य निर्माण गर्ने दलदलमा फसेको बताए । खास गरी विश्वकै ठूलो लोकतन्त्र भएको भारतमा मिडिया हाउस र पत्रकारहरूलाई भारतीय पत्रकारिताको दशा र दिशा दुवै परिवर्तन गर्न पुनर्विचार गर्ने बेला भएको उनले बताए ।
हुसैनले नेपाल भारतको अटुट दौत्य सम्बन्ध रहेको र नेपाल(भारतको सम्बन्ध मानवीय सभ्यताको विकास देखि इतिहास हुँदै रोटीबेटीमा जोडिन पुगेको छ । भारतले राम्रो मित्र राष्ट्रको रूपमा नेपाललाई सहयोग गर्दै आएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहेका लोकसभा सदस्य तथा जनअधिकार दलका राष्ट्रिय अध्यक्ष पप्पु यादवले भारतमा सच्चा रिफर्मर नेताको खाँचो रहेको र वर्तमान दशा र दिशा निकै खराब रहेको बताउँदै सरकारप्रति असन्तुष्ट जाहेर गरी मिडिया जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ुडा। दिवासीष बोसजस्तो निडर, निषपक्ष र विचारशील पत्रकारले समाज बदल्न सक्छ । पत्रकारहरूले मधेपुराका शान स्व। बोसबाट सिक्ने कुरा धेरै छन्, उनले भने ।
भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले भारतीय पत्रकारहरूको आर्थिक, बौध्दिक तथा भौतिक सुरक्षासम्बन्धी कानून र संयन्त्र बनाउनु पर्ने बताए । उनले पत्रकारहरूको न्युनतम पारिश्रमिक निर्धारण आयोग गठन गर्न सरकारसँग माग राखे ।
भारतका र नेपालका विभिन्न प्रान्तहरूबाट पत्रकारहरूको उपस्थति रहेको संगोष्ठीमा नेपालको मधेश प्रदेशबाट सातजना प्रतिनिधिमूलक पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेश प्रदेशका सात उदीयमान युवा पत्रकारलाई डा। देवासिस बोस अवार्ड प्रदान गर्दै सम्मानित गरियो । पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत भारतीय पत्रकार संघले केही भारतीय पत्रकार लगायत मधेश प्रदेशका सात नेपाली पत्रकारहरुलाई पुरस्कृत गरेको छ । लोकसभा सदस्य पप्पु यादव, पूर्व मन्त्री जाकिर हुसैन, भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले संयुक्त रूपमा पत्रकारहरूलाई डा। दिवासीष बोस अवार्ड प्रदान गरे । पुरस्कृत हुने नेपाली पत्रकारहरूमा इस्तियाक अहमद, सत्येन्द्रप्रताप सिंह, प्रेमशिला यादव, रघुनाथ गुप्ता, रुपेश यादव, सरताज आलम र अनुष्का शर्मा रहेका छन् । इस्तियाक अहमद मध्यान्ह दैनिकका मधेश सम्वाददाता हुन ।
कार्यक्रममा स्व। वरिष्ठ पत्रकार डा. देवासीष बोसको जीवन चरित्र र योगदानहरूको बारेमा बाक्लो चर्चा भयो ।
बिहारको मधेपुरा शहरको कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष मो। रजीउर रहमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।