मिडियाको सत्यतथ्य सुचना प्रवाहको अभावमा समाजको दिशा अन्यत्र मोडिदैँ : पूर्वमन्त्रि हुसैन

काठमाडौं । मिडियाले सेट गरिरहेको भाष्य सुखद नभएकोले, मिडियाको सत्यतथ्य सूचना प्रवाहको अभावमा समाजको दिशा अन्यत्र नै मोडिँदै गएको छ ।

मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खरो न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई समाजको दिशा नै परिवर्तन भइरहेको छ । बिहार राज्यको मधेपुरामा भारतीय पत्रकार संघ र द रिपब्लिकन टाइम्सको संयुक्त कार्यक्रमको अवसरमा विशिष्ट अतिथि रहेका नेपालका पूर्व मन्त्री तथा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले बताए । उनले विश्व मिडिया नै अरूको लागि भाष्य निर्माण गर्ने दलदलमा फसेको बताए । खास गरी विश्वकै ठूलो लोकतन्त्र भएको भारतमा मिडिया हाउस र पत्रकारहरूलाई भारतीय पत्रकारिताको दशा र दिशा दुवै परिवर्तन गर्न पुनर्विचार गर्ने बेला भएको उनले बताए ।

हुसैनले नेपाल भारतको अटुट दौत्य सम्बन्ध रहेको र नेपाल(भारतको सम्बन्ध मानवीय सभ्यताको विकास देखि इतिहास हुँदै रोटीबेटीमा जोडिन पुगेको छ । भारतले राम्रो मित्र राष्ट्रको रूपमा नेपाललाई सहयोग गर्दै आएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रहेका लोकसभा सदस्य तथा जनअधिकार दलका राष्ट्रिय अध्यक्ष पप्पु यादवले भारतमा सच्चा रिफर्मर नेताको खाँचो रहेको र वर्तमान दशा र दिशा निकै खराब रहेको बताउँदै सरकारप्रति असन्तुष्ट जाहेर गरी मिडिया जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ुडा। दिवासीष बोसजस्तो निडर, निषपक्ष र विचारशील पत्रकारले समाज बदल्न सक्छ । पत्रकारहरूले मधेपुराका शान स्व। बोसबाट सिक्ने कुरा धेरै छन्, उनले भने ।

भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले भारतीय पत्रकारहरूको आर्थिक, बौध्दिक तथा भौतिक सुरक्षासम्बन्धी कानून र संयन्त्र बनाउनु पर्ने बताए । उनले पत्रकारहरूको न्युनतम पारिश्रमिक निर्धारण आयोग गठन गर्न सरकारसँग माग राखे ।

भारतका र नेपालका विभिन्न प्रान्तहरूबाट पत्रकारहरूको उपस्थति रहेको संगोष्ठीमा नेपालको मधेश प्रदेशबाट सातजना प्रतिनिधिमूलक पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेश प्रदेशका सात उदीयमान युवा पत्रकारलाई डा। देवासिस बोस अवार्ड प्रदान गर्दै सम्मानित गरियो । पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत भारतीय पत्रकार संघले केही भारतीय पत्रकार लगायत मधेश प्रदेशका सात नेपाली पत्रकारहरुलाई पुरस्कृत गरेको छ । लोकसभा सदस्य पप्पु यादव, पूर्व मन्त्री जाकिर हुसैन, भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले संयुक्त रूपमा पत्रकारहरूलाई डा। दिवासीष बोस अवार्ड प्रदान गरे । पुरस्कृत हुने नेपाली पत्रकारहरूमा इस्तियाक अहमद, सत्येन्द्रप्रताप सिंह, प्रेमशिला यादव, रघुनाथ गुप्ता, रुपेश यादव, सरताज आलम र अनुष्का शर्मा रहेका छन् । इस्तियाक अहमद मध्यान्ह दैनिकका मधेश सम्वाददाता हुन ।

कार्यक्रममा स्व। वरिष्ठ पत्रकार डा. देवासीष बोसको जीवन चरित्र र योगदानहरूको बारेमा बाक्लो चर्चा भयो ।

बिहारको मधेपुरा शहरको कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष मो। रजीउर रहमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?