प्रधानमन्त्री कप : कर्णाली र लुम्बिनी, बाग्मती र सुदूरपश्चिम, एपीएफ र काेशी तथा गण्डकी र मधेस खेल्दै

काठमाण्डाै । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा मूलपानीमा एपीएफ र कोशी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् ।

पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार तीन खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ६ अङ्क छ ।

त्यस्तै, दुई/दुई खेल जितेका सुदूरपश्चिम र बाग्मती समान चार अङ्कसहित क्रमशः तेस्रो, चौथाे स्थानमा छन् । यस्तै, एक /एक खेल जितेका गण्डकी र लुम्बिनी समान दुई अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार तीन  खेल हारेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?