कपिलवस्तु : उद्योग व्यापार संघद्वारा प्रजिअ अर्याललाई स्वागत

कपिलवस्तु । नवआगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफू गम्भिर रहेको बताएका छन् । उनले सिमा सुरक्षा देखि हरेक तवरबाट संवेदनशील रहेको जिल्लामा आफूले प्रजिअको भूमिका पाएको भन्दै यसलाई गम्भीरताका साथ लिएको बताए ।

आइतबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्यालले आएको छोटो समयमै धेरै सङ्घसंस्थाले आफूलाई स्वागत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसी समेत व्यक्त गरे । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकाले सिमा नाकामा आइपर्ने समस्या समाधान गर्नमा सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै उनले लागूपदार्थ दुर्व्यसनीको समस्यालाई धेरैले उठाइरहेको भन्दै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाजबाट महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । लागूपदार्थ ओसारपसार र बेचबिखनको सन्दर्भमा आफू सचेत रहेको उनको भनाई छ ।

त्यस्तै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरूको चर्चा गर्दै संघको परिचय गराएका थिए । उनले समग्र जिल्लाको विकासको लागि निजी क्षेत्रका उद्योगी व्यवसायीहरू सरकारसँग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

त्यस्तै संघका संरक्षक टोपनारायण बेलबासे र पूर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुला सिमानाकाका कारण आउने चुनौतीलाई उत्कृष्ट ढङ्गबाट समाधान गर्ने बिश्वास व्यक्त गरे । त्यस्तै उद्योगी व्यवसायीका समस्या समाधानमा पनि प्रशासनिक तवर बाट सहयोग गरिदिन आग्रह गरे । त्यस्तै उनीहरूले बाणगङ्गा सहित कपिलवस्तुमा लागूऔषध दुर्व्यसनी समस्या टड्कारो बनिरहेको भन्दै उक्त समस्यामा देखिनेगरी काम गर्न आग्रह गरे ।

सोही कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्रान्डको उत्पादक एरियल उद्योगका सञ्चालक कलामुद्दिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराएका थिए ।

पेशागत महासङ्घका जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?