back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

रोज राणा : चलचित्र नायक र निर्मातादेखि मन्त्रीसम्म

spot_img

बुटवल । लुम्बिनी प्रदेशमा कृष्ण के.सी. र सरोज थापा गरी २ मन्त्री थपीए ।

नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण के.सी. र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा) ले प्रदेश प्रमुखबाट आइतबार बुटवलमा सपथ लिए ।

फिल्म नायक र निर्माता हुँदै लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका नवनियुक्त प्रदेशमन्त्री सरोज थापा, रोज राणा नामले बढी चिनिन्छन् ।

रोज राणा आफ्नो निक नेम भएको बताउँछन् उनी, नेपाली चलचित्रमा राणाको नाम परिचित नै छ । राजनीतिमा पनि उनी चर्चामा आउन सफल बने ।

उनले आधी दर्जा भन्दा बढी चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेका चलचित्रहरुमा ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ’ जस्ता चलचित्रहरु हुन् ।

बीचमा उनी निर्देशकीय भूमिकामा समेत उत्रिए । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन समेत गरेका छन् । उनी नायक समेत बने । ‘ म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रका नायकसमेत हुन्, रोज राणा । चलचित्र क्षेत्रमा रोज राणाको परिचय यतिमै सीमित छैन, उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बन्न सफल भएका थिए ।

कलाकर्मीबाट नेपालको मन्त्री बन्ने राणा पहिलो व्यक्ति भएको बताइएको छ । यो त भयो, चलचित्रमा रोज राणा, अब राजनीतिक परिचयको चर्चा गरौं ।

नेपाली कांग्रेसमा ढिला सक्रिय बनेको भएता पनि चलचित्रमा क्षेत्रमा जस्तै राजनीतिमा पनि आफ्नो प्रभाव देखाउन सफल भए उनी र धेरै आकांक्षीहरुलाई पन्छाउँदै मन्त्री बन्न सफल भए।

हुन त २०७९ सालको मंसिर ४ गते भएको संघ तथा प्रदेशको निर्वाचनमा प्युठान जिल्लाबाट प्रदेशका लागि उम्मेदवार बन्दा देखि नै, चर्चामा थिए रोज राणा अर्थात् सरोज थापा ।

फिल्मी क्षेत्रमा चर्चित रोज राणा एकाएक कसरी प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दा सबैलाई नौलो भयो, अन्य प्रभावशाली आकांक्षीलाई पछि पारेर पार्टीभित्र पहुँच देखाए । तर, उनी जिल्लाको प्रदेश सभापति भइसकेको र जिल्लामा बेग्लै प्रभाव जमाएको अनुभव निर्वाचनको नतिजामा देखाए पनि ।

किनकी सरोज थापाले वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

प्युठान जिल्लाको संघीय निर्वाचन र प्रदेशसभा क्षेत्र नं ‘क’ मा फराकिलो मतान्तरले एमालेका उम्मेदवार विजयी भए तर उनले आफ्नो प्रदेशमा जित निकालेर सबैलाई आश्चर्यमा पारे ।

उनी प्युठानको प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर निर्वाचित भए । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीका अन्त्यन्तै विश्वासप्राप्त मानिने एमाले उम्मेदवार हरि रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गरे ।

उनको जित नेपाली कांग्रेसका लागि प्युठान जिल्लामा ३१ वर्षपछिको जित थियो, निर्वाचन जितेर कांग्रेसको साख फर्काउन उनी सफल भए र व्यक्तिगत हाइट बढाए । कम्युनिष्टको बलियो आधार इलाका रहेको प्युठानबाट कांग्रेसलाई जित दिलाएपछि उनको चर्चा थप बढ्यो, केन्द्रमा पनि राजनीतिक रोज राणा अझ चिनिए । र त, राणा प्रदेश सांसद बनेको पहिलो पटकमै मन्त्री बने । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषय ९ महिनादेखि छलफलमा थियो । कहीले कसको नाम त कहिले कसको नाम संचारमाध्यममा सार्वजनिक भएको थियो ।

मन्त्री बन्ने लाइनका एक दर्जन सांसदको नाम आउँदा पनि रोज राणाको नाम कतै गुन्जायस थिएन तर शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम प्रस्ताव गरेपछि सबैलाई ‘सरप्राइज’ भयो ।

चलचित्र क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा पनि उनले पद लिए, ‘सरप्राइज’ तरिकाले । सर्वसम्मत भएको जसरी, किनकि चलचित्र क्षेत्रमा उनले हासिल गरेका चलचित्र निर्माता संघको केन्द्रीय सदस्य, महासचिव र उपाध्यक्ष यी तीन वटै पदमा सर्वसम्मत भएका थिए उनी ।

राजनीतिमा पनि उस्तै भयो । उनले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरे । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ ग्रहण गराए । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रालयमा गएर सरोज थापाले पदभार समेत सम्हालिसकेका छन् ।

जिल्लाका युवाहरुमा लोकप्रिय ४१ वर्षीय रोज राणाले सम्हालेका मन्त्रालयमा श्रम पनि पर्छ, उद्योग पनि पर्छ । हेरौं, लुम्बिनी प्रदेशबाट पनि रोजगारीका लागि विदेशीने युवाहरुको संख्या बढ्दो छ, प्रदेशमन्त्रीका रुपमा उनको कार्यकाल कस्तो हुने हो ? आगामी दिनमा नै थाहा हुनेछ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?