back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

कपिलवस्तु : जेष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

spot_img

कपिलवस्तु । जेष्ठ नागरीक पार्क ब्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतम बुद्धको मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको हो । मूर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पूर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले पर्दा उघारेर संयुक्त रुपमा अनावरण गरेका हुन ।

मूर्ति अनावरण कार्यक्रममा भिक्षुले बुद्ध परम्परा अनुसार प्रार्थना समेत गरेका थिए । ज्ञान माला भजन खलः स्वयम्भु र चः मति नेवा खल काठमाडौँ सदस्यहरुको सहयोगमा झन्डै ५ लाख पर्ने मूर्ति पार्कमा स्थापना गरिएको हो।

४ कठ्ठा क्षेत्रमा रहेको पार्कमा मूर्ति स्थापनाले थप सुन्दरता थपिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका र वडा कार्यालय, प्रदेश सरकार लगायतको सहयोगमा पार्क निर्माण गरिएको थियो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगर भित्रै रहेको एक मात्र ज्येष्ठ नागरिक पार्कमा महामानव बुद्धको मूर्ति स्थापना हुनु गौरवको कुरा भएको बताए । खउनले पार्कमा बुद्धको मूर्ति स्थापनाले पार्क सहित नगरकै गरिमा बढेको बताए । उनले पार्कको सुन्दरीकरणमा पालिकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

ज्येष्ठ नागरिक पार्क निर्माण समितिका अध्यक्ष माधवराज शर्माले पार्कमा बुद्धको मूर्ति स्थापना भएको खुसी व्यक्त गरे। उनले पार्कलाई सुन्दरीकरण बनाउन आफुहरु लागी परेको बताए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?