कपिलवस्तु : जेष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

कपिलवस्तु । जेष्ठ नागरीक पार्क ब्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतम बुद्धको मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको हो । मूर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पूर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले पर्दा उघारेर संयुक्त रुपमा अनावरण गरेका हुन ।

मूर्ति अनावरण कार्यक्रममा भिक्षुले बुद्ध परम्परा अनुसार प्रार्थना समेत गरेका थिए । ज्ञान माला भजन खलः स्वयम्भु र चः मति नेवा खल काठमाडौँ सदस्यहरुको सहयोगमा झन्डै ५ लाख पर्ने मूर्ति पार्कमा स्थापना गरिएको हो।

४ कठ्ठा क्षेत्रमा रहेको पार्कमा मूर्ति स्थापनाले थप सुन्दरता थपिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु, कपिलवस्तु नगरपालिका र वडा कार्यालय, प्रदेश सरकार लगायतको सहयोगमा पार्क निर्माण गरिएको थियो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगर भित्रै रहेको एक मात्र ज्येष्ठ नागरिक पार्कमा महामानव बुद्धको मूर्ति स्थापना हुनु गौरवको कुरा भएको बताए । खउनले पार्कमा बुद्धको मूर्ति स्थापनाले पार्क सहित नगरकै गरिमा बढेको बताए । उनले पार्कको सुन्दरीकरणमा पालिकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

ज्येष्ठ नागरिक पार्क निर्माण समितिका अध्यक्ष माधवराज शर्माले पार्कमा बुद्धको मूर्ति स्थापना भएको खुसी व्यक्त गरे। उनले पार्कलाई सुन्दरीकरण बनाउन आफुहरु लागी परेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?