प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो ।

साविक विजेता टोली सिटीले एभर्टनलाई ३–१ गोलले हराएको छ । जितसँगै सिटी १८ खेलमा ३७ अंककासाथ तालिकाको चौथो स्थानमा छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । जितसँगै चेल्सी १९ खेलमा २५ अंककासाथ तालिकाको दशौँ स्थानमा छ ।

त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । उल्भ्स १९ खेलमा २५ अंककासाथ ११औँ स्थानमा छ । अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक र तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक छ ।

प्रिमियर लिगमा आज राति ब्राइटन र टोटनहम तथा आर्सनल र वेस्टह्यामबीच खेल हुनेछ । वेस्टह्यामलाई हराउन सकेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?