back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

spot_img

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो ।

साविक विजेता टोली सिटीले एभर्टनलाई ३–१ गोलले हराएको छ । जितसँगै सिटी १८ खेलमा ३७ अंककासाथ तालिकाको चौथो स्थानमा छ ।

अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । जितसँगै चेल्सी १९ खेलमा २५ अंककासाथ तालिकाको दशौँ स्थानमा छ ।

त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । उल्भ्स १९ खेलमा २५ अंककासाथ ११औँ स्थानमा छ । अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक र तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक छ ।

प्रिमियर लिगमा आज राति ब्राइटन र टोटनहम तथा आर्सनल र वेस्टह्यामबीच खेल हुनेछ । वेस्टह्यामलाई हराउन सकेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?