अर्थमन्त्री डा.महत र मन्त्री राणाबीच भेटवार्ता

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारमा मन्त्री राणाले अर्थमन्त्री डा. महतसँग भेट गरेर लुम्बिनी प्रदेश सरकारको बजेट वृद्धि र आफ्नो गृहजिल्ला प्यूठानको विकासका विषयमा परामर्श गरेका छन् । त्यस क्रममा डा. महतले राणालाई मन्त्री पदको शपथ लिएर कार्यभार सम्हालेको विषयमा बधाइ तथा शुभकामना पनि दिएका छन् ।

अर्थमन्त्री डा. महतले लुम्बिनी प्रदेशका जिल्लाहरूको विकासमा केन्द्र सरकारले आवश्यक पर्ने बजेट दिन तयार रहेको आश्वासन दिएका छन् । मन्त्री राणाले भने, ‘अर्थमन्त्री डा. प्रकाशशरण महतज्यूले लुम्बिनीको विकासमा निकै चासो देखाउनुभएको छ । बजेटमा पनि सहयोग गर्ने प्रतिवद्धता दिनुभएको छ । प्यूठानको विकासमा पनि बजेट दिएर सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’

बाग्दुला–भीमगिठे सडक खण्डका विषयमा पनि अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका यातायात व्यवस्थामन्त्री राणासँग चासो राखेका थिए ।

यातायात व्यवस्थामन्त्री राणाले प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठे सडकका विषयमा पनि परामर्श गरेका छन् । यो सडक निर्माणका लागि भारत सरकारले सहुलीयत ऋण दिएको छ ।

सडक निर्माणका लागि ईच्छुक निर्माण कम्पनीहरूसँग प्राविधिक सूचीका लागि ४५ दिनको सूचना जारी गर्ने तयारीमा रहेको अर्थमन्त्री डा. महतले यातायात व्यवस्थामन्त्री राणालाई गराएका छन् ।

बाग्दुलादेखि भीमगिठे सडक निर्माण भएमा त्यो क्षेत्रका जनताले यातायातमा सहज आवतजावत गर्न पाउने अपेक्षा लिएको यातायात व्यवस्थामन्त्री राणाले बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?