प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता : रुपन्देहीलाई हराउँदै कपिलवस्तुको शानदार जित 

कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ ।

प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ सय ६१ रन बनायो । प्रतिउत्तरमा उत्रेको रुपन्देही टिम ३० दशमलव १ बलमा सय रन बनाउदै अल आउट भयो । कपिलवस्तुका तर्फबाट मोहम्मद हुसेनले ६८ र गोबिन्द थारुले नट आउट ३२ रन बनाए ।

रुपन्देहीलाई सय रन मै समेटनका लागि कपिलवस्तुका मोहम्मद हुसेनले ४ विकेट लिए । यस्तै कपिलवस्तुका समसुल जमा खा र राज अग्रहरीले दुई दुई बिकेट लिए । रुपन्देहीका बिष्णु कटरियाले २८ र म्रिनल गुरुङले २५ रन बनाए ।

रुपन्देहीका बिष्णु कटरिया र संतोष यादवले दुई दुई विकेट लिएका थिए । कपिलवस्तुका मोहम्मद हुसेन मैन अफ द म्याच घोषत भए । बलियो टिम रुपन्देहीलाई जितेसंगै कपिलवस्तुका खेलार्ड उत्साही भएका छन ।

कपिलबस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले अब कपिलवस्तुका फाईनलमा पुग्ने र जित्ने बताए । उनले यो लयलाई कायम राख्न आग्रह गरे । भैरहवाको सिद्धार्थ रंगशालामा खेल भएको थियो । समुह ए मा कपिलवस्तु रुपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाके बर्दिया र दाङ छन ।

आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए । छनौट प्रतियोगीता खेल पुस २२ सम्म चल्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?