अर्घाखाँची समाज जापानको आसन्न पाँचौ अधिबेसनको तयारी पूरा

अर्घाखाँची समाज जापानको आसन्न पाँचौ अधिबेसनको तयारी पूरा भएको छ। समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा बसेको २०२२/२४ कार्यकालको अन्तिम बैठकले अधिवेशनको तयारीका लागी बिभिन्न उप-समिति बनाएर काम गरेको थियो।

आगामी अधिवेशनमा समाजले ८० जनालाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्ने छ। मातृ जिल्ला संग निरन्तर सहकार्यका लागी यसै अधिवेशन बाट रू.१० लाखको अक्षयकोष स्थापना शुभारम्भ गर्ने तय भएको छ।

समाजले संस्थापकहरू तथा पूर्व अध्यक्षलाई सम्मान गर्ने र कार्यसमितिमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका कार्यसमिति सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गर्ने छ।

अधिबेशनमा महासचिवले सांगठनिक प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र विधान संशोधन उपसमितिले संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

समाजका सचिव अर्जुन आचार्यको संयोजकत्वमा अभिनाश जी।सी,मनीष खनाल, सरोज भुषाल,निरंजन खड़का, मधु क्षेत्री, अशीम खनाल, केशव रेश्मी लगाएतको अधिवेशन व्यवस्थापन समिति बनाईएको छ।

नयाँ वर्षको अवशरमा शुभकामना आदान प्रदान गर्दै पाँचौ अधिवेशनले २०२४र०२६ कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्ने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?