दोहा, कतार । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाको तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट गोपाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खड्का, उपाध्यक्षहरूमा क्रमशः जित परिवार, मानसिंह परियार र चित्रा केसी रहेका छन् l महासचिवमा शोभाराम ओली, सचिवमा सुजाता डीसी, कोषाध्यक्षमा चैन सिंह घर्ती र सह-कोषाध्यक्षमा माया केसी रहेका छन् l
त्यस्तै कार्यसमिति सदस्यहरूमा माल बहादुर, दीपेन्द्र रोका मगर, अर्जुन खत्री, शिवाराम खडका, हस्तमाली डाँगी, गौसरी खत्री, प्रमीला खत्री, पार्वती डाँगी, मोतीराम ओली, ओम बहादुर खड्का, दिलमाया रोका मगर र मान प्रसाद रोका रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मणि पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने तेस्रो अधिवेशनसँगै केन्द्रीय विधान अनुरूप समाजले आफ्नो नाम ‘रोल्पाली सेवा समाज कतार शाखा’ नामकरण गरेको छ ।
शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनको खुला सत्र समाजका अध्यक्ष दीपेन्द्र डाँगीको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले पुरानो कार्यसमितिले भन्दा फरक र सशक्तरूपमा नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए । उनले एनसीसीसँगको सुमधुर सम्बन्धलाई कायम राख्दै नवनिर्वाचित कार्यसमितिले पनि सामाजिक अभियानका हरेक कार्यहरूमा सहकार्य गर्दै एकसाथ अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरे ।
मानसिंह परियार, गुना मगर निशु, जीवन राई, कृष्ण परियार, अमृत परियार र चित्रा केसीले आफ्नो सांगीतिक प्रस्तुतिद्वारा उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । अधिवेशनमार्फत समाजलाई विभिन्न कालखण्डमा फरक-फरक भूमिकामा रहेर योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण र कार्यप्रगति विवरण शोभाराम ओलीले पेस गरेका थिए भने गोपाल डाँगीले स्वागत मन्तव्य राखेका थिए ।
अधिवेशनको खुला सत्रको समापन गर्दै सभापति डाँगीले आफ्नो कार्यकालमा थालिएका र अपूरा रहेका कामलाई नयाँ समितिले पूर्णता दिने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता प्रकट गरे ।