अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल डाँगी निर्वाचित

दोहा, कतार । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाको तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट गोपाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खड्का, उपाध्यक्षहरूमा क्रमशः जित परिवार, मानसिंह परियार र चित्रा केसी रहेका छन् l महासचिवमा शोभाराम ओली, सचिवमा सुजाता डीसी, कोषाध्यक्षमा चैन सिंह घर्ती र सह-कोषाध्यक्षमा माया केसी रहेका छन् l

त्यस्तै कार्यसमिति सदस्यहरूमा माल बहादुर, दीपेन्द्र रोका मगर, अर्जुन खत्री, शिवाराम खडका, हस्तमाली डाँगी, गौसरी खत्री, प्रमीला खत्री, पार्वती डाँगी, मोतीराम ओली, ओम बहादुर खड्का, दिलमाया रोका मगर र मान प्रसाद रोका रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मणि पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने तेस्रो अधिवेशनसँगै केन्द्रीय विधान अनुरूप समाजले आफ्नो नाम ‘रोल्पाली सेवा समाज कतार शाखा’ नामकरण गरेको छ ।

शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनको खुला सत्र समाजका अध्यक्ष दीपेन्द्र डाँगीको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले पुरानो कार्यसमितिले भन्दा फरक र सशक्तरूपमा नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए । उनले एनसीसीसँगको सुमधुर सम्बन्धलाई कायम राख्दै नवनिर्वाचित कार्यसमितिले पनि सामाजिक अभियानका हरेक कार्यहरूमा सहकार्य गर्दै एकसाथ अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरे ।

मानसिंह परियार, गुना मगर निशु, जीवन राई, कृष्ण परियार, अमृत परियार र चित्रा केसीले आफ्नो सांगीतिक प्रस्तुतिद्वारा उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । अधिवेशनमार्फत समाजलाई विभिन्न कालखण्डमा फरक-फरक भूमिकामा रहेर योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण र कार्यप्रगति विवरण शोभाराम ओलीले पेस गरेका थिए भने गोपाल डाँगीले स्वागत मन्तव्य राखेका थिए ।

अधिवेशनको खुला सत्रको समापन गर्दै सभापति डाँगीले आफ्नो कार्यकालमा थालिएका र अपूरा रहेका कामलाई नयाँ समितिले पूर्णता दिने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता प्रकट गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?