पहिलाे पाईला नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पहिलाे पाईला नेपाल बुटवल शाखाले कमजाेर पारिवारिक तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

 प्युठान जिल्लाको मल्लरानी गाउँपालिका १ मा अबस्थित जनजागृती आधारभुत बिद्यालयका ६४ जना विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।  जाडो समयमा विद्यार्थीलाई  न्यानाेपनकाे माया बाँड्ने उदेश्यसहित सञ्चालन गरेकाे “न्यानाे माया अभियान” बाट  ट्रयाकसुट, टाेपी, माेजा वितरण गरिएको पहिलो पाइला नेपाल बुटवलले जनाएको छ ।

जिल्लाको सदरमुकाममै पालिका भएपनि भाैगाेलिक रुपमा अत्यन्तै दुर्गम रहेको बताउँदै मल्लरानी गाँउपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न काम गरिरहेको उनले बताए । पालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै यसको दिगाे बिकासका लागि निरन्तर कार्ययाेजना बनाएकाे अगाडी बढिरहेको अध्यक्ष खड्काले बताए । चिसो समयमा गरिएको कपडा हस्तान्तरणले विद्यार्थीको शैक्षिक गतिविधिमा थप उत्साह उत्साह प्रदान गरेको बताउँदै खड्काले पहिलाे पाईला नेपाल बुटवललाई धन्यवाद दिए ।

पहिलाे पाईला नेपाल सङ्ग जोडिएका युवाहरुले  सामाजिक क्षेत्रमा विभिन्न अभियान मार्फत  सेवामुलक कार्यहरु गरिरहेकाे महासचिव विनाेद महतले बताए । “जहाँ दुख्छ त्यहा पहिलाे पाईला पुग्छ” भन्ने उदेश्यसहित शिक्षा, स्वास्थ्य, सरसफाई, मानसुरक्षा, नेतृत्व तथा ब्यक्तित्व विकासका क्षेत्रमा पहिलाे पाईला नेपाल क्रियाशिल रहँदै आएको छ ।

बिद्यालयककाे कमजाेर भाैतिक अबस्था, भाैगाेलिक बनावट तथा अध्ययनरत बिद्यार्थीका अबस्था  बुझेर न्यानो कपडा हस्तान्तरण गरेकोमा उक्त संस्थालाइ  बिद्यालयका प्राधानाध्यापक सुनिता जिसीले धन्यवाद दिइन् ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा पहिलाे पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनाेद बस्याल, केन्द्रीय महासचिव विनाेद महत,  गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, जनप्रतिनिधि, पहिलाे पाईला नेपाल बुटवल शाखाका उपाध्यक्ष सन्ताेष बन्जाडे समाजसेवी, बिद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीको उपस्तिथि रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?