अर्घाखाँचीको ऐतिहासिक बिसखुट्टे लामपाटी दरबार : जहाँ जन्मीएका  थिए जंगबहादुर राणा

अर्घाखाँची । जंगबहादुर राणा कहाँ जन्मिएका हुन् ? धेरैलाई थाहा नहुन सक्छ । जंगबहादुर राणा अर्घाखाँचीको लामपाटी गाउँमा जन्मिएका हुन् ।  जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए ।

बालनरसिंह  कुँवरका छोराका रूपमा जंगबहादुर जन्म बिक्रम सम्वत् १८७४ असार ७ गते अर्घाखाँचीको बल्कोट भएको थियो । जंगबहादुर जन्म अर्घाखाँची जिल्लामा त भएको थियो तर बल कोटमा नभएर अर्घाखाँचीलाई मथुरा बेसीको एउटा सानो गाउँमा भएको थियो । राणाका बुवा प्यूठानमा वडा हाकिम थिए । प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै आफ्नी गर्भवती पत्नीलाई पैदल काठमाडौँ पठाउने क्रममा यो स्थानमा जंगबहादुर जन्मिएको इतिहासमा उल्लेख छ । उनलाई पछि किसानहरूले बल्कोटमा पुराएका थिए ।  एघार दिनसम्म जंगबहादुर बल्कोटमा रहे । त्यसपछि उनको त्यहीँ न्वारन भयो ।

जंगबहादुर नेपालको प्रधानमन्त्री भएपछि आफूले जन्मिएको स्थान खोज्दै आएर उक्त स्थानमा लामो पार्टी र फलफूलको बगैंचा बनाएको किम्वदन्ती छ । मथुरा बेसीको उक्त गाउँमा जंगबहादुर नेपालकै एकमात्र लामपाटी बिसखुट्टे दरबारले निर्माण गरे त्यसैले यो गाउँ अहिले अर्घाखाँचीमा लामपाटी भनेर चर्चित छ । लामपाटी अहिले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा पर्छ । 

लामपाटीमा एउटा फलफूल बगैँचा पनि रहेको छ। बगैँचाको बीचमा एउटा मन्दिर कृष्ण मन्दिर छ।  मन्दिरको र बगैंचा भएको सबै जग्गा जंगबहादुरका पालामा दानपत्र मार्फत दिएको र त्यसपछि यसको संरक्षण हुँदै आएको छ ।

नेपालकै एकमात्र बिसखुट्टे दरबार अर्घाखाँचीको लामपाटी दरबार हो । तर प्रचार प्रसारको अभावले यो ठाउँमा पर्यटकहरू आउन सकेका छैनन् । 

No photo description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?