सिरुवारी गाउँहुँदै पोखरासम्मको यात्रामा यसरी रमाए पोखराथोकका स्वयंसेविका (फोटोफिचर)

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं। २ ले वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तीनले अध्ययन अवलोकलन भ्रमण गराएको छ । वडाध्यक्ष चन्द्रकान्त पौडेलको नेतृत्वमा यही पुस १२ गतेदेखि १४ गतेसम्म विभिन्न जिल्लामा भ्रमण गराएको हो

पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, वडाअध्यक्ष पौडेल, पोखराथोक स्वास्थ्य धु्रव घिमिरे, वडाका महिला स्वास्थ्य स्वयंसेविकासहित ३५ जना टोेलीले भ्रमण गरेको हो । उनीहरु दुर्गाफाँटबाट सुरु भई गुल्मीको रिडी, स्याङ्जाको सिरुवारी, कास्कीको पोखराको भ्रमण सक्काएर पाल्पा हुँदै पोखराथोक फर्किएका हुन् ।

भ्रमणमा उनीहरुको गुल्मीको रुरुक्षेत्र धामको धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेका थिए । यस्तै, स्याङ्जाको सिरुवारीमा रहेको होम स्टेमा उनीहरुलाई स्थानीयहरुले न्यायो स्वागत गरे ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१, गुरुङबस्तीलाई सिरुबारी भनिन्छ । सिरुबारीमा ३९ घर रहेका छन् । यी मध्ये २३ घरमा पर्यटकलाई बासको व्यवस्था छ । भ्रमण टोलीले सिरुवारी गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय लगायतको अवलोक गरेका थिए । उनीहरुले सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको मनोरम दृश्य पनि कैद गरेका हुन् ।

सिरुवारीबाट कास्कीको पोखरा पुगेका उनीहरुले पोखरामा तालबाराही मन्दीरको दर्शन गर्दै पोखरामा डुंगाको मज्जा पनि लिए ।

वडाध्यक्ष पौडेलले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नका अध्ययन अवलोकन भ्रमण गराएको जानकारी दिए । उनले देशका विभिन्न ठाउँको संस्कृति, रहनसहन, चालचलन र ज्ञान आर्जन गर्न भ्रमण गराएको र यो धेरै प्रभावकारी बनेको विश्वास लिए ।

कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई वढवा दिने उद्धेश्य भ्रमण गरिएको वडाध्यक्ष पौडेलको भनाई छ । भ्रमणपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले भ्रमणबाट धेरै ज्ञान हासिल गरेको बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?