कोरोना विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो।

डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ। प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा रहे पनि धेरैजसोले कोभिड परीक्षण नगराएकाले यो संख्या लाखौँका हुनसक्ने बताएका छन्।

अहिले फैलिरहेको कोभिडको नयाँ भेरियन्ट जेएन–वान हो। यसको संक्रमणको गति तीव्र छ। यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरुप हो। यसविरुद्ध अहिलेसम्म  हालसम्म साढे १३ हजार डोज खोप लगाइएको छ।

डब्ल्यूएचओको तथ्यांक अनुसार सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाबाट तीन वर्षमा विश्वभर ६९ लाख ९१ हजार मानिसको मृत्यु भएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?